पशुपतिनाथमा माओवादी नेत्री पुनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

गत पुस पहिलो हप्ता कार्यकारी निर्देशक नियुक्त भएकी पुनविरुद्ध पुस २९ गते भरत मरासिनीले रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आईतबार अन्तरिम आदेश दिएको छ । आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गरिएको थियो ।

सम्बन्धित
Loading...