काठमाडौं । भारतको अयोध्यास्थित भगवान् श्रीरामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा नेपालको कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ ।
भारतमा मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको छ ।
रामको विवाह नेपाली छोरी सितासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले बिदाको दिन पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।