काठमाडौं । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तोकेकै मितिमा हुने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले मानव संशाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोेकेको मिति माघ २१ गते परीक्षा गर्ने तयारी भएको जनाएको छ ।
शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए । एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा परीक्षा गर्न सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।