धनगढी । सुदूरपश्चिममा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले पदभार ग्रहण गरेका छन् ।
डीआईजी केसीको स्वागत कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका छन् ।
पदभार ग्रहण पश्चात डीआईजी केसीले सुदूरपश्चिम प्रदेशको वस्तुस्थिति र जनशक्तिबारे जानकारी लिए । त्यसपश्चात उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रूत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।