बिजुलीको तार सर्ट भएर आगलागी हुँदा ५ लाखको सामान नष्ट

बैतडी । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–६ थलालमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा ५ लाखको सामान नष्ट भएको छ ।

स्थानीय पुष्कर थलालको ढुंगा, माटो, काठ र पत्थरले छाएको २ तले ४ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भई शनिबार साँझ आगलागी भएको छ ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ता–कपडा, सुन, नगद लगायत अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...