रुसी सेनामा कार्यरत कैलालीका शाहसहित ३ नेपालीको मृत्यु

धनगढी । रुसी सेनामा कार्यरत कैलालीका भरतबहादुर शाहसहित ३ नेपाली नागरिकको मृत्यु भएको छ ।

रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नम्बर १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नम्बर ११०२७१७५ वाहक कैलालीका भरतबहादुर शाह र राहदानी नम्बर ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको बताए ।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Loading...