मन्त्रीको गाडी जलाएको आन्दोलनको चपेटामा अछामका शाह, प्रहरीको गोली लागेर मृत्यु

धनगढी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको आन्दोलनमा डोटीका वीरेन्द्र शाहको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि भएको आगजनी घटनालाई मत्थर पार्न प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ, जसमध्ये १ जना अछामका शाह रहेका छन् ।

मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत तथा अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ ।

Loading...