बहुविवाह गरेर फरार रहेकी २६ वर्षीया महिला झण्डै ८ वर्षपछि पक्राउ, अब जेल बस्नुपर्ने
धनगढी । फैसला कार्यान्वयनको सिलसिलामा कैलाली जिल्ला अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।
अदालतले २०७२ माघ १० गते बहुविवाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेका टीकापुर नगरपालिका–१ बस्ने २६ वर्षीया माया चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला अदालत कैलालीसमक्ष पेश गरेको छ ।