चीनमा ठूलो भूकम्प, कम्तीमा ११० जनाको मृत्यु

काठमाडौं । चीनको उत्तर–पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तीमा ११० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा २०० बढी घाइते भएका छन् ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा क्षति पुगेको छ ।

भूकम्पका कारण केही भागमा विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध भएको जनाइएको छ ।

भूकम्पपछि सरकारी संयन्त्रले उद्धारको कार्य गरिरहेको छ । सरकारले स्थानीय आपतकालीन कर्मचारीलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली खटाएको छ ।

गत सेप्टेम्बरमा दक्षिण–पश्चिम सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प गएर ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

सम्बन्धित
Loading...