‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम अस्पताल भर्ना, विष खुवाएको आशंका

काठमाडौं । कुख्यात ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई पाकिस्तानको कराचीस्थित अस्पतालमा भर्ना गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डन दाउदलाई विष खुवाइएको आशंका गरिएको छ । सामाजिक सञ्जालमा चलेको चर्चाका आधारमा समाचार बनाइए पनि आधिकारिक पुष्टि गरिएको छैन ।

उनी ‘अन्डरवर्ल्ड डन’ भएका कारण उनको विषयलाई गोप्य नै राख्ने गरिएको छ । अस्पताल भर्ना भएका दाउदको अवस्था गम्भीर रहेको बताइएको छ ।

समाचारमा भनिएको छ, ‘कुनै अपरिचित व्यक्तिले उनलाई विष खुवाएको दाबी गरिएको छ ।’ उनलाई २ दिनअघि अस्पताल भर्ना गरिएको र अस्पताल बाहिर सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ । उनलाई भर्ना गरिएको तलामा कसैलाई जान अनुमति दिइएको छैन, उच्च अधिकारी र परिवारका सदस्य मात्रै उनको पहुँचमा छन् ।

पाकिस्तानी मिडिया र सामाजिक सञ्जालमा दाउद अस्पताल भर्ना भएको विषय चर्चामा छ ।

Loading...