धनगढीमा आगलागीबाट धनमाल जलेर नष्ट

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगर चोकस्थित सिताराम डेरी नजिक मोहनराज भट्टको ३ तले पक्की घरमा आगलागी भएको छ ।

घरको बीचको तलामा बिजुलीको लाइन सट भएर बुधवार आगलागी हुँदा धनमालको क्षति भएको छ ।

आगलागीबाट कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामानहरू जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...