धनगढी । यातायात व्यवस्था विभागले मातहत कार्यालयको सेवालाई अनलाइन प्रणालीबाट सञ्चालन गर्न क्षेत्र विस्तार गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीबाट सेवा दिने योजना बमोजिम हालसम्म १४ कार्यालयमा अनलाइन प्रणाली सञ्चालन भएको छ ।
सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात व्यवस्था विभागले पछिल्लो १ हप्तामा धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, बुटवल र दाङका यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ ।
अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण कार्य हुने जनाइएको छ ।
भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानी सहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित विभागले काम गरेको छ ।