यसपालि दशैंमा खुट्टा ढोगेर आशिर्वाद लिन नपाइने, यस्तो छ सरकारी मापदण्ड

काठमाडौं । हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको नेपालमा खुट्टामा शिर निहुर्‍याएर ठूलाबडाबाट आशिर्वाद लिने प्रचलन छ । साउन महिनासँगै नेपालमा चाडपर्व सुरु भएका छन् ।

तीज, गौरा, दशैं र दिपावली लगायत पर्व आइरहेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट बच्नुपर्ने बेला सरकारले आगामी चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालन गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७’ जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड देशभर लागू हुने जनाइएको छ । मापदण्डमा व्यक्तिगत तहमा लागू हुने अनिवार्य र आधारभूत मापदण्ड तोकिएका छन् ।

जात्रा तथा उत्सवहरू आयोजना गर्ने आयोजक व्यवस्थापन गर्नुपर्ने विषयबारे समेत मापदण्डमा उल्लेख छ । व्यक्तिगत तहमा पालन गर्नुपर्ने आधारभूत मापदण्डको २ नम्बर बुँदामा लेखिएको छ, ‘अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने ।’ यसरी हेर्दा खुट्टामा शिर छोएर ढोग्न नपाई टाढौबाट ढोगेर आशिर्वाद लिनुपर्ने भएको छ ।

मन्दिरमा गएर मुर्तिहरू छुन समेत नपाइने भएको छ । बुँदा नम्बर ३ मा लेखिएको छ, ‘सतहहरू (रेलिङ, बार आदि), देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरू नछुने ।’

चाडपर्वमा के–के गर्न पाइँदैन ? यस्तो छ मापदण्ड –

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”744″ /]

Loading...