सबैभन्दा बढी आयकर तिर्ने अनमोल क्रसर उद्योगलाई सरकारी सम्मान

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले सरकारी सम्मान पाएको छ ।

सरकारी कार्यालय आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले क्रसर उद्योगका सञ्चालक तेजबहादुर चन्दलाई बिहीबार सम्मान गरेको छ ।

कार्यालयले १२औं कर दिवसको अवसरमा आयकरदातामध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत गोलीप्रसाद शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीबाट उद्योगलाई सम्मान गरिएको छ ।

कार्यक्रममा उद्योग सञ्चालक तेजबहादुर चन्दलाई दोसल्ल्ला ओढाएर प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

क्रसर उद्योगका सञ्चालक तेजबहादुर चन्दले उद्योगले तिरेको करको मूल्यांकन गर्दै सम्मान गरेकोमा कार्यालयप्रति आभार व्यक्त गरेका छन् ।

Loading...