काठमाडौं । हरिबोधनी एकादशीको अवसरमा भोलि बिहीबार गुल्मीका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
रेसुङ्गाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबारका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको जनाए ।
मेलालाई व्यवस्थित रूपमा मनाउनका निम्ति कार्यपालिका बैठकको निर्णयअनुसार नगर, गाउँपालिका भित्रका संस्था, कार्यालयहरू, मातहतका वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय गरेका छन् ।