पाकिस्तानमा मनाइयो ‘हिजडा पर्व’ ! सरकारसँग यी माग

काठमाडौं । पाकिस्तानमा ‘हिजडा पर्व’ मनाइएको छ । त्यहाँका ट्रान्सजेन्डर समुदायले स्वतन्त्रताको माग राख्दै ‘हिजडा पर्व’ मनाएका छन् ।

हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका ट्रान्सजेन्डर समुदायले अल्पसंख्यक र महिला जस्तै अधिकार आफूलाई पनि मिल्नुपर्ने माग सरकारसँग राखेका छन् । प्लेकार्डमा ‘ट्रान्सजेन्डर को न्याय दो’ र ‘तेरा बाप भी देगा आजादी’ नारा लेखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रान्सजेन्डरलाई घरबाहिर निस्किन नदिने गरिएको गुनासो गरिएको छ । प्रदर्शनमा ‘हम हिजडे है’ भन्ने गीत पनि रिलिज गरिएको छ । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा ट्रान्सजेन्डरमाथि बढी अत्याचार हुने गरेको बताइन्छ ।

Loading...