मध्यराति उत्तराखण्डमा भूकम्पको धक्का महसूस

धनगढी । मध्यराति भारतको उत्तराखण्डमा भूकम्पको धक्का महसूस गरिएको छ ।

उत्तराखण्डको उत्तरकाशी क्षेत्रमा मध्यराति ०२ः०२ बजे भूकम्पको धक्का महसूस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्प ३.१ रेक्टर स्केलको रहेको जनाइएको छ । उत्तरकाशीमा १२ नोभेम्बरदेखि चारधाम परियोजनामा कार्यरत ४० मजदुर सुरुङभित्र फसेका छन् । उनीहरूको उद्धारको प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित
Loading...