हिमाली पदयात्राका लागि नेपाल आएका फ्रान्सेली नागरिकको भीरबाट खसेर मृत्यु

काठमाडौं । हिमाली भेगको पदयात्राका लागि नेपाल आएका फ्रान्सेली नागरिकको भीरबाट खसेर मृत्यु भएको छ ।

रसुवाको पदयात्रामा आएका फ्रान्सेली नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको खसेर निधन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्याङ्जिन जाने पदमार्गअन्तर्गत लाङ्टाङ गाउँको लुम्थाङमा खसेर उनी घाइते भएका थिए । गम्भीर घाइते भएका मोललाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याउन लागेका बेला उनको बाटोमै मृत्यु भएको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित
Loading...