‘मसँग लड्ने हो’ भन्दै खसी बेच्ने २ जनाले प्रहरीमाथि कुटपिट गरेपछि …

धनगढी । कैलालीको धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ ।

सार्वजनिक भएको भिडियोमा ‘मसँग लड्ने हो’ भन्दै २ जनाले प्रहरीमाथि कुटपिट गरेको देखिन्छ ।

कुटपिट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा विवाद गरेर कुटपिट गर्ने खडक कुँवर सहितका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खसीको कारोबार गर्दै आएका दुवैले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरी सहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका छन् ।

Loading...