धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट प्रहरीले खैरो हेरोइनको धुलोसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित बैतडीको पाटन नगरपालिका–४ बस्ने २१ वर्षीय भरत महरालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा धुलो पदार्थ फेला पारेको थियो । बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।