काठमाडौं । राष्ट्रिय सभामा विचाराधीन ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’मा माध्यमिक तहका शिक्षकलाई समेटिने भएको छ ।
यसअघिको प्रचलित मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले शिक्षकलाई मर्यादाक्रममा समेटेर प्रतिवेदन तयार गरेको छ ।
समितिको प्रतिवेदन राष्ट्रिय सभामा छलफलपछि पारित हुनेछ । प्रतिवेदनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकलाई १९औं नम्बरमा राखिएको छ । १९औं नम्बरमा सेनाका सहायक रथी, प्रहरीका डीआईजी, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव लगायत समेटिएका छन् ।
माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औं तहको मर्यादाक्रममा समेटिएको छ । २०औं नम्बरमा गाउँपालिका उपाध्यक्ष, विश्वविद्यालयका उपप्राध्यापक लगायत छन् ।
माध्यमिक तह तृतीय श्रेणीको शिक्षकलाई २१औं नम्बरमा समावेश गरिएको छ । २१औं नम्बरमा नेपाल सरकारका शाखा अधिकृत, प्रहरी निरीक्षक, वडाध्यक्ष समावेश छन् ।
पढ्नुहोस् प्रतिवेदन –