धनगढी । बझाङको मष्टामा सेती नदीमा गाईको बाच्छो तार्ने क्रममा १ जना बेपत्ता भएका छन् ।
मष्टा गाउँपालिका–४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत सेती नदी्रमा बेपत्ता भएका हुन् ।
गाईवस्तु गोठालो गएको बेला सेती नदीमा बाच्छो तार्ने क्रममा कठायतलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
शनिबार साँझसम्म खोजी गर्दा पनि कठायतलाई फेला पार्न नसकिएको बझाङका प्रहरी प्रमुख तथा डीएसी भरत शाहले बताए । आइतबार पनि बिहानैदेखि उनको खोजी सुरु गरिएको छ ।