काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीसँग २ अर्ब भारतीय रुपैयाँ माग्दै ज्यान मार्ने धम्की आएको छ ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत अम्बानीसँग २ अर्ब रुपैयाँ मागिएको छ, रकम नदिए ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरुमा २० करोड मागिएकोमा इमेलको जवाफ नदिइएको भन्दै माग रकम बढाएर २ अर्ब पुर्याइएको छ । अपरिचित व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग रुपैयाँ मागेका छन् ।
इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई २० करोड रुपैयाँ नदिए हामी तिम्रो ज्यान लिनेछौं । हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन् ।’
मुकेश अम्बानीलाई अक्टोबर २७ मा शादाब खान नामक इमेलबाट धम्की आएको जनाइएको छ । मुम्बई पुलिसले गामदेवी थानामा आईपीसी धारा ३८७ र ५९६ (२) अन्तर्गत धम्कीको मामिला दर्ता गरेको छ ।