मध्यराति काठमाडौं पुगे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस काठमाडौं पुगेका छन् ।

नेपालको ४ दिने भ्रमणका लागि उनी मध्यराति १ बजे काठमाडौं पुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले महासचिव एन्टोनियोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनको नेपाल भ्रमण यसअघि अक्टोबरको दोस्रो हप्ताका लागि तय गरिएकोमा पछि सरेको थियो । अक्टोबर ७ मा इजरायल र हमास लडाकूबीचको सशस्त्र संघर्षका कारण उनको नेपाल भ्रमणको मिति सारिएको थियो ।

राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Loading...