हेलिकोप्टर दुर्घटनामा आगो लागेका पाइलटको निधन

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका क्रममा शरीरमा आगो लागेर घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा मृत्यु भएको छ ।

गत असोज २९ गते हेलिकप्टर दुर्घटना भएको थियो । इण्डियाको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा उनको निधन भएको मनाङ एयरले पुष्टि गरेको छ ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको एएस३५०बी३ई हेलिकोप्टर नाइनएन–एएनजे अवतरणका क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सेढाइँलाई उपचारका लागि एयर एम्बुलेन्समार्फत तत्कालै बर्न सेन्टरमा पुर्‍याइएको थियो ।

चिकित्सकको अथक प्रयासका बाबजुद पनि उनको मृत्यु भएको मनाङ एयरले जनाएको छ ।

Loading...