आज पनि बडादशैंको टीका र प्रसाद ग्रहण गरिँदै

काठमाडौं । बडादशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका प्रसाद ग्रहण गरिँदैछ ।

विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज मान्यजन र आफन्तबाट टीका थापेर आशीर्वाद लिने परम्परा छ ।

विजया दशमीका दिन टाढा रहेका आफन्तजनलाई भेटेर कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्ने गरिन्छ । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो हुने गरेको छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिएको छ ।

अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहेको छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिएको छ ।

सम्बन्धित
Loading...