दशैंको टीका लगाउँदा कतापट्टि बस्ने ?

काठमाडौं । आज बडादशैंको मुख्य दिन विजयादशमी पर्व मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरेर मनाइँदैछ ।

विजया दशमीको दिन गुरु पुरोहित, हजुरबुवा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा थापेर यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना होस् भनी आशीर्वाद लिइन्छ ।

आजको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशैं लगायत विभिन्न पूजा आजा तथा चाडपर्वमा नेपाली समाजमा कुन दिशामा बसेर लगाउँदा शुभ या अशुभ भन्ने कुराको उल्लेख गरिएको पाइन्छ ।

शास्त्रीय मान्यता अनुसार दशैंको टीका लगाउँदा चन्द्रमालाई दाहिनेपट्टि पारेर लगाउँदा निकै शुभ हुन्छ । टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

सम्बन्धित
Loading...