ट्रयाक्टर अनियन्त्रित भई नालीमा पल्टिँदा चालकको मृत्यु

धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित भित्री सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ से१त ७९४५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई नालीमा पल्टिँदा गोदावरी नगरपालिका–८ बस्ने चालक ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै माया मेट्रो अस्पताल घनगढीमा थप उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार बरबटा बस्ने ३४ वर्षीय बख्खु विकको माया मेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...