नेपालगञ्ज । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ठप्प भएको छ ।
स्टाटसको विरोध गर्दै मुस्लिम समुदायले र्याली निकालेको र मंगलबार ओमकार परिवार हिन्दू समाजले र्याली निकाल्ने क्रममा विवाद उत्पन्न भई तोडफोड भएपछि द्वन्द्व चर्किएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपीन आचार्यले मंगलबार कर्फ्यू आदेश जारी गर्दै मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएका छन् ।
नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) सीमा क्षेत्रभित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुलहुज्जत गर्न र हिँडडुल गर्न नपाइने आदेशमा उल्लेख छ ।
कसैले कर्फ्यू आदेश उल्लंघन गरेमा सुरक्षाकर्मीले बल प्रयोग गरी कानून बमोजिम कारवाही गर्ने जनाइएको छ ।
यस्तो छ कर्फ्यू आदेश –