लिटल फ्लावर प्रीमियर लिग मंसिर ९ गतेदेखि धनगढीमा सञ्चालन हुने

धनगढी । लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण मंसिर ९ गतेदेखि हुने भएको छ ।

लिटल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजनामा सञ्चालन हुन गइरहेको खुला (सिनियर) टी–२० क्रिकेट प्रतियोगिता २०८० लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण २०८० मंसिर ९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिता आठौं संस्करण धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार ५५५ तथा उपविजेताले १ लाख २८ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलरले नगद ७ हजार ५००, उत्कृष्ट ब्याट्स म्यानले नगद ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५०० र प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सम्पूर्ण खेलहरू राष्ट्रिय टेलिभिजन न्यूज नेपाल टेलिभिजन एचडीद्वारा प्रसारण गरिने आयोजकले जनाएको छ ।

२०७३ माघ ०५ गतेदेखि माघ १६ गतेसम्म प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो । प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुने गर्दछ । प्रतियोगितामा विगतका वर्षहरूमा १० वटा टीमको सहभागिता रहने गरेको भए पनि यस वर्ष १६ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको आयोजक लिटल फ्लावर स्पोर्टस् क्लब रहेको छ भने प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । सपोर्टेड वाई लिटल फ्लावर बोर्डिङ स्कूल धनगढी रहेको छ ।

हस्पिटालिटी पार्टनरमा ईमेज होटल प्रालि, पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन प्रालि, स्टेसनरी पार्टनर सानभी बुक्स एण्ड स्टेसनरी, सहप्रायोजक राईजिङ स्टार बोर्डिङ स्कूल, सहप्रायोजक युवा समाजसेवी विनोद शाही (हाल अमेरिका), श्री कलेज अफ मेनेजमेन्ट काठमाडौं रहेका छन् ।

व्यानर प्रायोजकहरूमा समाजसेवी ईन्द्रबहादुर चन्द, समाजसेवी कृति नाथ, समाजसेवी सागर भण्डारी, समाजसेवी अनुज विष्ट (हाल अस्ट्रेलिया), न्यू आर्यान फेन्सी स्टोर, मालिकार्जुन हार्डवेयर प्रालि र कमिक्षा देवी डेरी रहेका छन् ।

Loading...