काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यास सिलिन्डरमा पुनः मूल्यवृद्धि गरेको छ ।
आज शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।
दशैं नजिकिँदै गर्दा निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको छ । यसअघि समेत निगमले मूल्य बढाउँदै आएको छ ।
हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।