अब लेदो बनाएर तस्करी हुन थाल्यो सुन ? काठमाडौंबाट यी विदेशी महिला पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय सुन तस्करीको गिरोहले विभिन्न उपाय निकालेर तस्करी गर्ने गरेका घटना पटक–पटक सार्वजनिक हुन्छन् । यसपालि सुनलाई लेदो (अर्ध ठोस) बनाएर तस्करी भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

सुन जस्तो देखिने लेदो पदार्थ करीब २ किलो ७२० ग्रामसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया आर्बिकोन एरोन्स मनालाङलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी उनले भन्सार छलि लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Loading...