राष्ट्रियसभा बैठक ६ दिन पर सर्‍यो

काठमाडौं । आगामी शुक्रबार बस्ने गरी निर्धारित राष्ट्रियसभा बैठक ६ दिन पर सरेको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले मंगलबार सूचना प्रकाशित गर्दै बैठक असोज १८ गते बिहीबार दिउँसो १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका छन् ।

यसअघि बैठक असोज १२ गते शुक्रबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको थियो ।

Loading...