भारतका बिहारीले कसरी पाए नेपाली नागरिकता ? निर्वाध आर्थिक कारोबार !

काठमाडौं । कतिपयले नेपाली भएर पनि नागरिकता नपाएको गुनासो गर्छन् । तर बिहारका भारतीय नागरिकले नागरिकता पाएको खबर सुन्दा पत्याउन गाह्रो हुन्छ ।

भारतीय भएर नेपाली नागरिकता लिएको आरोपमा १ जना पक्राउ परेका छन् । भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झूटा विवरण पेश गरी उनले नेपाली नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । रौतहटको साविकको सरमुजवा गाविस–९ बाट उनले नेपाली नागरिकता लिएको पाइएको छ ।

नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिसकेका छन् । उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट बनेका सवारी चालक अनुमतिपत्र सहितका कागजात समेत फेला परेका छन् ।

Loading...