सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना

धनगढी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश महासंघले आज आईतबारदेखि आन्दोलन सुरू गरेको छ ।

प्रदेश सरकारले चर्को कर लगाएको र वन उपभोक्ताका हक अधिकार कुण्ठित गरेको भन्दै महासंघ आन्दोलित भएको हो ।

संघीय कानून अनुसार स्थानीय तहमा १० प्रतिशत कर तिर्ने प्रावधान हुँदाहुँदै प्रदेश सरकारले ४० प्रतिशतसम्म कर लगाएकाले त्यसको विरोधमा आन्दोलित हुनुपरेको प्रदेश महासंघ अध्यक्ष झुमा चौधरीले जानकारी दिइन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आईतबारदेखि ३ दिनसम्म मुख्यमन्त्री कार्यालय धनगढीमा धर्ना दिने महासंघले जनाएको छ । आईतबार धनगढीको पार्कमोडबाट सुरू भएको र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर धर्नामा बसेको छ ।

 

प्रदेश सरकारले उपभोक्ताले वन पैदावारको मूल्य निर्धारण गर्ने अधिकार, जरिवाना गर्ने अधिकार, वन पैदावारमा उपभोक्ताको अग्राधिकार खोसेको वन संरक्षणकर्मीको आरोप छ ।

Loading...