महेन्द्रनगर । अवैध औषधि बेचबिखन गरेको आरोपमा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–६ चानदेवबाट जनता मेडिकलका सञ्चालक पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्ड खटिएको प्रहरी टोलीले सञ्चालक बेलौरी नगरपालिका–९ कुण्डाका ४३ वर्षीय सुनिराम चौधरीलाई पक्राउ गरेको हो ।
मेडिकलमा अवैध औषधि बेचबिखन हुने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले मेडिकलमा खानतलासी गर्दा बेचबिखन गर्न नमिल्ने अवैध १९ प्रकारका औषधिसहित सञ्चालक चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर गौरीप्रसाद जैशीले जानकारी दिए ।
‘बरामद औषधि र मानिसलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्ज बाँके पठाएका छौं,’ उनले भने ।
यी हुन् बरामद भएका औषधि –
१) PREGA-150 =६ डब्बा x 100×6= 600 क्यापसुल
२) VIGORE-IP100MG=55 TEBLET
३) MECOGLEN -0D-12 प्याकेट-10×12=120 क्याप्सुल
४) Derniford -15 g -33 पिस indian
५) skine shine-cream-15 पिस
६) Elosone-HT skine -8पिस
७) Mefetce-spos-tablets= 200 tabalet
८) Mictofol-spos= 10 प्याकेट
९) Asthali-n-4-315 tablet
१०) Unwanted-kit-6 पिस, 6×5=30 tablet
११) Medley crestorage -6×10=60 पिस
१२) Tryptin 25- 250 tablet
१३) Nimes utide 65 tablet
१४) Neurocan forire 60 tablet
१५) CTZ 150 tablet
१६) Bestiosol 110 tablet
१७ )Injactinol of vitamaim bit 50 पिस
१८ )Bebnesul 3 पिस
१९) I-drop-Earue 10 पिस