परशुरामका मेयर सा’पलाई प्रश्न : ८० लाखमा नगरपालिकाले के उपलब्धि गरेछ ?

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकामा विशेष नगर सभाको माग भएपछि राजनीतिक माहोल तातेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपमेयरसहित वडाध्यक्षहरूले विशेष नगरसभा बोलाउन मागपत्र बुझाएका छन् ।

यस्तै राजनीतिक तातेका बेला जनस्तरबाट समेत मेयर भरत बडायर जोशीलाई प्रश्न गर्न थालिएको छ ।

परशुराम नगरपालिका–६ निवासी भुपेन्द्र धामीले ८० लाख बजेटमा नगरपालिकाले के उपलब्धि गर्‍यो भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले डिजिटल नगरपालिका शीर्षकमा दायित्व देखाइएको ८० लाख रुपैयाँमा के काम भयो भन्ने जिज्ञासा राखेका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो परशुराम नगरपालिकाका मेयरले २०७९ सालको स्थानीय चुनावमा परशुराम नगरपालिकालाई डिजिटल सिटी बनाउने योजना अघि सारेका थिए । कहिले डिजिटल सिटी त कहिले स्मार्ट सिटका सपना जनतालाई देखाउने तर ती सपना साकार गर्नतिर कहिले नलाग्ने ? सोही अनुसार आर्थिक वर्ष २०८०/०८१ को रातो किताबमा डिजिटल नगरपालिका शीर्षकमा करीब ८० लाख दायित्व भुक्तानी देखाएका छन् । ८० लाखमा नगरपालिकाले के उपलब्धि गरेछ ? आम परशुराम नगरवासी जान्न चाहन्छन् ।’

Loading...