काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न र प्रयोगमा नल्याउन विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निर्देशन दिए । विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) को निर्देशअनुसार प्रयोगमा रोक लगाइएको हो ।
विभागले १०३ प्रकारका प्रतिजैविक औषधिको सूची नै प्रकाशन गरेको छ ।
महानिर्देशक ढकालले एन्टिबायोटिकलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सिफारिसमा औषधिको दर्ता, नवीकरण, पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिइएको बताए ।
विभागले दर्ता भएका र नभएका तथा डब्ल्यूएचओबाट सिफारिस नगरिएका एन्टिबायोटिकको समीश्रण र औषधिको समीश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ दर्ता, थप नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता एन्टिबायोटिकको समीश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्री वितरण प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र, पैठारी सिफारिसपत्र नवीकरण नगर्ने निर्णय पनि गरेको छ ।
यी हुन् प्रयोगमा रोक लगाइएका औषधिहरू