धनगढी । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेअनुसार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट १३ स्वास्थ्य संस्थाले मात्रै अनुमति लिएका छन् ।
स्वास्थ्य सेवा सञ्चालन गर्न १५ शय्यासम्मको अस्पतालका लागि स्थानीय तह, २५ शय्यासम्मको स्वास्थ्य कार्यालय, २५ शय्याभन्दा बढी र १०० शय्यासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्छ । सुदूरपश्चिममा १०० शय्याभन्दा बढीका निजी अस्पताल सञ्चालनमा छैनन् ।
सुदूरपश्चिममा १०० शय्या क्षमताको अस्पताल सञ्चालनका लागि नवजीवन अस्पताल प्रालि धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढी, माया मेट्रो अस्पताल प्रालि, अत्तरिया अस्पताल प्रालि अत्तरिया र सुजंग अस्पताल राजपुर डोटीले अनुमति लिएका स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए ।
पुरानो अस्पताल भए पनि पदमा अस्पताल प्रालि अत्तरिया ५० शय्यामा सञ्चालित छ ।
केही अस्पतालहरू अनुमति नै नलिई सञ्चालनमा रहेको चर्चाबीच अनुमति लिएका अस्पतालको विवरण प्राप्त भएको हो । २५ शय्यासम्मका अस्पतालले स्थानीय तहबाट अनुमति लिने प्रावधान छ ।
यी हुन् स्वास्थ्य निर्देशनालयबाट अनुमति प्राप्त अस्पताल –