धनगढी । कैलालीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिले धनगढी उपमहानगरपालिकाबाट अस्पताल सञ्चालन अनुमति लिएको छ ।
धनगढी उपमहानगरपालिकाको बुधबारको निर्णयले अस्पताललाई १५ शय्याको सञ्चालन अनुमति मिलेको छ । ‘धनगढी उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धी कार्यविधि २०७७’ अनुसार स्वस्तिकलाई सञ्चालन अनुमति दिइएको छ ।
अस्पतालले बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, सामान्य शल्यक्रिया सेवा, फार्मेसी सेवा, प्रबद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा दिन पाउने इजाजत पत्रमा उल्लेख छ ।
यसअघि अस्पतालले सञ्चालन अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन दिएको थियो । निवेदन प्रक्रियामा रहेका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको आकस्मिक अनुगमनका क्रममा दर्ता नभएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो । दर्ता प्रक्रिया अन्तिम चरणमा रहेको अस्पतालले बुधबार अनुमति पाएको छ ।