‘सी’ गाउँबाट लागूऔषध ओपिडल क्याप्सुलसहित २ जना पक्राउ

धनगढी । प्रहरीले धनगढीको ‘सी’ गाउँबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँबाट स्थानीय २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई पक्राउ गरिएको हो ।

प्रहरीले १ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुवैलाई पक्राउ गरिएको जनाएको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाको टोलीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सम्बन्धित
Loading...