दलहरूको खटपट मिलाउन राष्ट्रपति पौडेल सक्रिय, सर्वदलीय बैठक आह्वान

काठमाडौं । संसद् बैठक सञ्चालनका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच देखिएको खटपट मिलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

मंगलवार शितलनिवासमा राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका छन् ।

मंगलवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा संसद्मा सहभागी सबै दलका प्रतिनिधिलाई बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक समिति गठनको माग राख्दै साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक गरे पनि सहमति जुट्न सकेन । बैठक निष्कर्षविहीन बनेको छ ।

सम्बन्धित
Loading...