मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

धनगढी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा बन्दुकधारीले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेका छन् ।

मणिपुरको राजधानी शहर इम्फालबाट करीब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो गोली हानी हत्या गरिएको हो ।

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका ३ जनाको मृत्यु भएको छ,’ उखरुलका वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले भने ।

मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।

हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा १५० भन्दा बढीको ज्यान गएको छ । भीडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौं घर र पसलहरू जलाइएको छ ।

Loading...