काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हप्ताको अन्तिम कारोबार दिन बिहीवार ८ अंकले बढेको छ ।
आज बिहीवार ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।
परिसूचक ८ अंकले बढेको दिन बिहीवार १३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ७८ वटा कम्पनीको मूल्य भने घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेमा आज बिहीवार १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर किनबेच भएको जनाइएको छ ।