काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली पर्वको अवसरमा दियो बाल्दै संसारभरका सबै हिन्दूलाई शुभकामना दिएका छन् ।
राष्ट्रपति बाइेडनले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्वीर सहित दिपावलीको शुभकामना दिए ।
तस्वीरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन समेत उनीसँगै रहेकी छन् ।
बिहीवार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ः३१ बजेमा बाइडेनले शुभकामना सन्देश ट्विटरमा पोस्ट गरेका छन् ।
आफ्नो सन्देशमा बाइडनले लेखेका छन्, ‘दिपावलीको प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुःखपछि आशा पलाउनेछ ।’
बाइडनले सन्देशमा अमेरिका मात्र होइन, दिपावलीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दू, शिख, जैन र बौद्धहरुलाई शुभकामना दिएका छन् ।