लकडाउनले विद्यार्थीको सिकाइमा कस्तो असर परेको छ, यता ध्यान दिने कि ?

काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्दै गएसँगै विद्यालयमा पठनपाठन शुरू गर्नेबारे बहस चलिरहेको छ ।

तर बहस विद्यालयको शुल्क, तलब, राहत लगायतका विषयमा केन्द्रीय हुँदा विद्यार्थीको सिकाइ ओझेलमा परेको चिन्ता जीवन प्रशिक्षक तथा अभियान्ता नरबहादुर कार्कीले व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै प्रशिक्षक कार्कीले विद्यालयको बहसमा विद्यार्थीको सिकाइलाई प्रमुख हुनुपर्ने सुझाव दिँदै केही प्रश्न खडा गर्नुभएको छ ।

प्रशिक्षक कार्कीले व्यक्त गर्नुभएको विचार यस्तो छ –

महामारीकै क्रममा संसारका ९० प्रतिशत विद्यालय बन्द भए र अब कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने बहस चलिरहेको सन्दर्भमा हाम्रा नीति निर्माताको ध्यान पटक्कै विद्यार्थीतिर छैन । तलब, शुल्क, छुट, राहत, अभिभावक, सञ्चालक, शिक्षक र अधिकारीहरू बोलेको सुनिन्छ । वास्तवमै महत्त्वका प्रश्न के हुन भने –

१. विद्यार्थीलाई परेको मनोवैज्ञानिक दबाब के छ र अनुभूत गरेको प्रभाव के हो ? 

२. लकडाउनको बेला विद्यार्थीको सिकाइमा के कस्तो असर परेको छ ?

३. लकडाउनको बेला स्कूलभित्र वा बाहिर जहाँ भएपनि विद्यार्थी सुरक्षित छन् ?

४. यो समयमा विद्यार्थीहरूलाई सुरक्षित तरिकाले शिक्षा दिने तरिका के छन् ? 

५. विद्यार्थी, समुदाय र स्कूल मिलेर कोरोनाविरुद्ध कस्तो भूमिका खेल्न सक्छन् ?

६. जोखिम र छेउ लागेका समुदायका विद्यार्थीको आवश्यकता र अवस्था के छ ? 

जानकारहरूलाई ठूल्ठूला कुराबाट फुर्सद भए यी विषय केन्द्रमा राखेर बहस गर्न सुझाव । अहिलेको बहस ‘ठेकेदार राज्य र पेटी ठेकेदार स्कूलहरू’ जस्तो भएको छ । चिन्ताको केन्द्रमा विद्यार्थी आउने वित्तिकै उपाय निस्किन्छ ।

महामारिकै क्रममा संसारका ९० प्रतिसत बिद्यालय बन्द भए र अब कसरी पुन सन्चालनमा ल्याउने भन्ने बहस चलिरहेको सन्दर्भमा हाम्रा…

Posted by Nara Bahadur Karki on Monday, July 20, 2020

Loading...