ठगी आरोपमा युवा संघका नेता कटुवाल पक्राउ

ठगी गरेको आरोपमा युवा संघका नेता तथा केन्द्रीय सदस्य रुसिल कटुवाल पक्राउ परेका छन् ।

प्रहरीले कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिएर सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता नगरेपछि पक्राउ गरिएको बताए ।

मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार बैना लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।

सम्बन्धित
Loading...