सर्वदलीय बैठक सकियो, सभामुखलाई नेताहरुले दिए यस्ता सुझाव

सभामुुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् ।

एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।

सम्बन्धित
Loading...