सभामुखलाई एमालेले भन्यो–अवैध पार्टी सहभागी हुने बैठकमा हामी आउदैनौँ

प्रमुख विपक्षी दल नेकपा एमालेले आफूले अवैध भनेको नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने सर्वदलीय बैठकमा सहभागी नहुने सभामुुखलाई जानकारी गराएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछिसभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी गराएका हुन् ।

सभामुखसँग भट्टराईले कुन–कुन दललाई सर्वदलीय बैठकमा बोलाइएको छ भन्ने जिज्ञासा राखेका थिए । जवाफमा नेकपा एस पनि रहेको जानकारी पाएपछि विधिसम्मत तरिकाले दर्ता नभएको र आफूहरूले गैरसांसद भनेकाहरू सहभागी बैठकमा आउन नसक्ने बताएका थिए ।

भट्टराईले त्यसअघि सिंहदरबारमा भेटौं भन्दा सभामुखले आफू आज सिंहदरबार नआउने बताएका थिए । एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न भन्दै त्यसो भए बैठकमा आउने जानकारी दिएको छ ।

तर, सभामुखले निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेको भन्दै सूचना टाँस गर्न नसकिने जवाफ दिएको स्रोतले जनाएको छ ।

सम्बन्धित
Loading...