नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।
आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता जाने तर ओली भने नजाने भएका हुन् ।
ओली विगतदेखि नै सभामुखले बोलाएका कुनै बैठकमा जाने गरेका छैनन् । सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक–पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट छन् ।
एमालेले सदन अवरोध जाारी राखेपछि सभामुखले निकासका लागि सर्वदलीय बैठक बोलाएका छन् ।